नमूना प्रश्नसँग हुबहु मिलेपछि कक्षा ८ को परीक्षा पुन लिने निर्णय
समाधान संवाददाता
२०७५ चैत १८ गते ८:३७

सांकेतिक तस्विर
रासस
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहो¥याउनु परेको हो ।
उक्त गाउँपालिका मातहतका १४ वटा विद्यालयमा यही चैत १९ गतेदेखि २६ गतेसम्म पुनःपरीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले मातहतका विद्यालयमा अन्तिम परीक्षा यही चैत १० देखि १८ गतेसम्म सञ्चालन गरिरहेको थियो । सञ्चालन भइरहेको परीक्षा रद्द हुँदा ४८८ जना विद्यार्थी प्रभावित भएका छन् ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया