मन्त्री र सुरक्षा निकायका प्रमुखहरु बारा जाने तयारीमा

समाधान संवाददाता, काठमाडाैं
बारा–पर्सामा गएराति गएको भिषण हावाहुरीमा परेका घाइतेको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ४ जना मन्त्री जाने भएका छन् ।
बाराबाट ६ जना घाइतेलाई लिएर आएको सेनाको स्काई ट्रकमा चढेर उनीहरु बारातर्फ जान लागेका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार बादलसहित उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री इस्तियाक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ केहीवेरमा त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरु सेनाको स्काई ट्रकमा चढेर झापाको चन्द्रगढी विमानस्थलमा जानेछन् । त्यहाँ प्रधानमन्त्री केपी ओलीसँगै फर्किएर हावाहुरीबाट प्रभावित स्थानको स्थलगत निरीक्षण गर्नेछन् ।
मन्त्रीसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ससशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि त्यसतर्फ जाँदैछन् ।








अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया