सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

रासस, काठमाडाैं
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।
सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।
दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् ।
सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै छ खेलमा चार विकेट, यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए । सन्दीप युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए ।
त्यसैगरी पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपको २७ विकेट पुगेको हो।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया