मुस्ताङको छैरोमा जमिन भाँसियो

सुन्दरकुमार थकाली,मुस्ताङ,
कमजोर धरातलिय स्वरुप रहेको मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो क्याम्प नजिकै पश्चिमतर्फ कालिगण्डकी नदी किनारमा अवस्थित खेतियोग्य जमिन सोमबार बिहान भाँसिएको छ । जलश्रोत तथा सिचाई बिकास सवडिभिजन कार्यालय मुस्ताङले डोजर लगाई आवश्यक तटबन्ध निर्माण गर्ने क्रममा जमिन भाँसिएको जनाईएको छ ।
गत माघ ९ गते उक्त स्थानमा सुख्खा पहिरो जाँदा कालिगण्डकी नदी थुनिदा त्यहाँका केही घरहरु जोखिममा परेका थिए । स्थानीय प्रशासन र स्थानीयबासीको सहयोगमा कालिगण्डकी खुलाईएको थियो । सुख्खा पहिरो जादाँ नदी किनारामा अवस्थित करिव ५ मिटर आसपासका खेति योग्य जमिन पहिरोले बगाएको थियो । जमिन सुरक्षित गर्न हुर्काईएका सल्ला धुपीका रुख सबै बगाएको थियो ।
छैरो क्याम्प तथा नदी किनाराका जमिन संरक्षणका लागि जलश्रोत तथा सिचाई बिकास सवडिभिजन कार्यालयले तटबन्ध निर्माणका लागि बजेट बाँडफाँट गरी नदी नियन्त्रणको काम सुरु गरिएको हो ।अहिले तटबन्धका लागि डोजर लगाई काम सुरु गर्दा जमिन भाँसिन थालेको शितोष्ण बागवानी बिकास अधिकृत काशिराम पाण्डेले जानकारी दिए । उनका अनुसार डोजर लगाइ ग्याबिन लगाउने ट््याक बनाउने क्रममा भाईब्रेशनका कारण जमिन भाँसिएको हुन सक्ने अधिकृत पाण्डे अड्कल छ । कार्यालयले शुक्रबारबाट तटबन्ध निर्माणको काम थालेको जनाईएको छ ।
प्रदेश सरकारद्धारा बिनियोजित २ करोड ३५ लाख बजेट मध्येबाट त्यहाँ काम भईरहेकोमा जमिन भाँसिदा तटबन्धको काम रोकिएको जनाईएको छ ।छैरो क्याम्पको नदी किनारामा जमिन भाँसिदाँ शितोष्ण बागवानी बिकास केन्द्रको एक बिल्डिङ उच्चजोखिममा परेको छ भने,बागवानीकै त्यहा अवस्थित स्वास्थ्यचौकी भवनको शौचालय भाँसिएकार स्वास्थ्य भवन समेत जोखिममा परेको वागवानी अधिकृत पाण्डेले जानकारी दिए ।
निर्माणधिन तटबन्ध स्थल छैरोमा सुख्खा पहिरो गएपछि प्रमुख जिल्ला अधिकारीसहित,जिल्ला स्थित सुरक्षाकर्मी तथा जनप्रतिनिधिको एक टोली पहिरो स्थलमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिश्वेश्वर रेग्मीले जानकारी दिए ।टोलीले क्षतिको लगत तयार गर्ने लगायत बस्ती तथा जमिन संरक्षणका लागि बिकल्प खोज्ने जनाईएको छ ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया