डाेल्पामा हिउँपहिरोमा परी ५ दिनदेखि ३ जना बेपत्ता

समाधान संवाददाता, डोल्पा
चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन ।
माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।
‘हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना १७ गतेदेखि हराइरहेका छन्,’ डोल्पा प्रहरी प्रमुख अवदेश कुमार विष्टले भने, ‘तर, खोज्न सक्ने अवस्था छैन ।’
डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ ।
‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन,’ विष्टले भने ।
प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउने काम मात्र भएको उनले बताए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया