पाथीभरा दर्शनबाट फर्केको पिकअप दुर्घटना, ११ घाइते
समाधान संवाददाता
२०७५ चैत २७ गते ११:२३

ताप्लेजुङ,
पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गए राति दुर्घटना हुँदा ११ घाइते भएका छन् ।
घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।
घाइते सबै बारा निजगढका हुन् । बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया