दुर्घटनामा पोखरेली संगीतकर्मी थुलुङको निधन
समाधान संवाददाता
२०७५ चैत २८ गते १३:५१

समाधान संवाददाता, पाेखरा
पोखरामा बसेर संगीत कर्ममा सक्रिय श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ। बुधबार राति करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा राईको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ।
५० वर्षीय राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर नहरमा खस्दा उनको मृत्यु भएको हो।
नहरमा खसेका उनलाई पानीको भेल ठूलो भएकाले बगाएको प्रहरीको भनाइ छ। साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टापछि दुई कुलाको मुहानमा भेटिएका थिए।
उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे। स्कुटरमासँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन्। उनी लामो समयदेखि पोखरामा तराना म्युजिक सेन्टर संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरी संगीत कर्ममा सक्रिय थिए।
सम्बन्धित









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया