३ वर्षभित्र प्रदेश कृषिमा आत्मनिर्भरः मन्त्री लेखबहादुर थापा

मोहसिन अलि मियाँ
गोरखा
अबको ३ वर्षमा गण्डकी प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाइने गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताएका छन् । भेटरनरी अस्पताल तथा कृषि ज्ञानकेन्द्र गोरखाको आयोजनामा मंगलबार गोरखा सदरमुकाममा आयोजित नमुना कृषि फार्मका सम्बन्धमा कृषकहरु संगको छलफल कार्यक्रममा बोल्दै मन्त्री थापाले ३ वर्षभित्र प्रदेशलाई कृषि उत्पादनका क्षेत्रमा आत्मनिर्भर बनाउने बताएका हुन् । ‘हामी ३ वर्षमा प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी काम सुरुवात गरेका छांै,’ उनले भने, ‘३ वर्षमा आत्मनिर्भर र ५ वर्षमा दोब्बर उत्पादन गरेर अरु प्रदेशलाई निर्यात गर्ने गरी कार्यक्रम ल्याएका छौं ।’
कृषि क्षेत्रमा आधुनिकिकरण गर्दै कृषि, पशु, खाद्य उत्पादन लगायत क्षेत्रमा वैज्ञानिक ढंगबाट काम गर्ने गरी योजना अघि बढाइएको मन्त्री थापाले बताए । ‘हाम्रो प्रदेश कुखुराको मासु अन्डा, दूध लगायतमा लगभग आत्मनिर्भरको अवस्थामा पुगेको छ,’ उनले थपे, ‘अझै केही प्राविधिक कामहरु बाँकी भएकाले घोषणा गर्न बाँकी छ, चाँडै सकेर घोषणा गर्छौं ।’ गण्डकी प्र्रदेशभित्र राँगाखसीकोे मासु अझै आयात गनुपर्ने अबस्था उनले बताए । तरकारी र फलफूल उत्पादनका क्षेत्रमा प्रदेश सरकारले धेरै काम गर्नूपर्ने अवस्था रहेको भन्दै अहिले आधुनिक ढंगले कृषि खेतीमा प्रदेश सरकारले जोड दिएको उनको भनाइ छ ।
प्रदेशभित्रका किसानहरु आफूमात्र कृषिमा आत्मनिर्भर बन्ने तर व्यावसायिक खेती नगर्ने अवस्थामा रहेको पाइएको भन्दै उनले अब पुरानो ढंगबाट कृषि क्षेत्रमा परिवर्तन नआउने बताए । कृषि क्षेत्रको व्यावसायिक खेती प्रणालीमा जोडदिन प्रदेश सरकारले किसानलाई अनुदान, प्राविधिक सुविधा उपलब्ध गराउनका लागि कार्यक्रमलाई ल्याएकोे मन्त्री थापाले जानकारी दिए ।
व्यावसायिक खेती प्रणालीलाई जोडदिन सरकारले नमुना कृषि फार्म सञ्चालन गर्न वास्तविक किसानका लागि अनुदानको व्यवस्था गरेको उनले बताए । ‘मन्त्रालयले चालु आर्थिक बर्षमा ९ सयदेखि १ हजारसम्म कुषि नमुना फार्महरु छनोट गरी व्यवसायिक खेती प्रणालीलाई अघि बढाउने तयारीमा छ, तिनीहरुलार्ई सरकारले वास्तविक नमुना फार्मको रुपमा विकास गर्दै लैजाने तयारीमा छ ।’









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया