जापानमा नेपाली महोत्सव

रामकृष्ण लामिछाने
पर्वत
वैदेशिक रोजगारी तथा अध्ययनको सिलसिलामा पर्वतबाट जापान पुगेकाहरुले यहाँको कला र संस्कृति जापानी समुदायमा पुर्याउने अभियान सुरु गरेका छन् । जापानको फुकुओका सहरमा नेपाली कला, संस्कृति र संस्कार जापानी नागरिकलाई परिचित गराउने उद्देश्यले उनीहरुले नेपाल फेस्टिबल फुकुओका २०१९ गरेका हुन् ।
त्यहाँको सेन्ट्रल पार्कमा क्युस्यु क्षेत्रमा सक्रिय एनआरएनए क्युस्युको नेतृत्वमा, फुकुओका नेपाल सोसाइटी लगायत विभिन्न सामाजिक संघ—संस्थाको आयोजनामा कार्यक्रम गरिएको होे हो । जापानी नागरिकलाई नेपालप्रति आकर्षित गर्न र नेपालमा पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास उनीहरुले व्यक्त गरे । नेपाल सरकारको भिजिट नेपाल २०२० को प्रचारसमेत गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिबलमा ५ हजारभन्दा बढी जापानी तथा नेपाली सहभागी थिए ।
कार्यक्रममा ११ वटा नेपाली खाना स्टलहरु र अन्य पोसाक तथा व्यावसायिक स्टलहरु गरी २६ स्टलहरु थिए । नेपालको पर्यटनलाई टेवा पु¥याउन सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत प्रमुख पर्यटकीय क्षेत्रको प्रचार सामग्रीसहित स्टललाई सजाइएको थियो ।
सांस्कृतिक कार्यक्रम पनि गत वर्षभन्दा फरक नेपालका चर्चित कलाकार स्वप्न सुमनको प्रस्तुति थियो । लोक तथा दोहोरी प्रतिष्ठान जापानका चर्चित कलाकार सूर्य खड्का, पुरुषोत्तम सिग्देल, माधव सिग्देल, दिलेन्द्र जोशी लगायत कलाकारको प्रस्तुतिबाट सहभागीले भरपूर आनन्द लिए ।
कार्यक्रममा पञ्चेबाजा, कुमारी, लाखे नाच लगायत विभिन्न जातजातिको पहिचानसहितको परेडले पनि दर्शकको मन जित्न सफल भयो ।
एनआरएन अध्यक्ष भुवन भट्टले एनआरएन क्युस्युको नेतृत्वमा नेपाल फेस्टिबल आयोजना गरेकोमा खुसी व्यक्त गर्दै नेपाल चिनाउने र नेपालमा पर्यटन प्रबद्र्धन गर्नुको साथै भिजिट नेपाल २०२० मा धेरैभन्दा धेरै जापानिज जाने वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाली राजदुतावास जापानको प्रतिनिधि प्रेमप्रसाद बराल , एनआरएनएआइसिसी अध्यक्ष भुवन भट्ट, एनआरएनए एसियाप्यासिफिक संयोजक किरण विक्रम थापा, एनआरएन एआइसिसी सदस्य ओम गुरुङ लगायत उपस्थित थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया