नेपालसँग ओमान ७९ रनमा समेटियो

क्वालालाम्पुर, एजेन्सी
मलेसियामा जारी आईसीसी अन्डर-१९ एसिया विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानलाई फराकिलो अन्तरमा हराएको छ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फले ३ विकेट लिनेक्रममा १० ओभर बलिङ गर्दै २ मेडनसहित २४ रन खर्चिए।
यस्तै ९ ओभर बलिङ गरेका सूर्य तामाङले ४ मेडनसहित ११ रन खर्चिएर २ विकेट लिए।
प्रतिश जिशीले २ विकेट लिने क्रममा ७.१ ओभर बलिङ गर्दै १ मेडनसहित १३ रन खर्चिए।
भीम सार्की, कुशल मल्ल र कमलसिंह ऐरीले समान १-१ विकेट लिए।
मल्लले १० ओभरमा २ मेडनसहित १२ रन खर्चिएर १ विकेट लिए। ऐरीले ३ ओभरमा तीनै मेडन राख्दै १ विकेट लिए।
नेपालको कसिलो बलिङसामू ओमानका अमनप्रित सिराह र जिल तान्नाले मात्र दोहोरो रनको स्कोर बनाए।
बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
अमनप्रितले १ छक्का र १ चौकासहित १३ रन बनाउँदा तान्नाले ५३ बल खेलेर १३ रन जोडे।
नेपाली बलरले मात्र १ छक्का र ३ चौका दिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो।
खराब सुरुवात गरेको नेपालले पहिलो ५ विकेट ८१ रनमै गुमाएको थियो। ओपनर रित गौतम १० रन , पवन सर्राफ ५ रन बनाएर आउट भए। यस्तै नेपाल अन्डर-१९ टिमको लागि डेब्यू खेलमा अभिशेक बस्नेत १५ रन बनाएर आउट भए। सन्दिप जोरा ४ तथा हरि चौहान २ रन बनाएर आउट भए।
तर, छैठौं विकेटको लागि कप्तान रोहित पौडेल र भीम शार्कीले ९२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर पुर्याउन सफल भयो।
कप्तान रोहित पौडेल ७५ रन बनाएर आउट हुनुअघि ८१ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए।
रोहितको विकेट पछि नेपालले लगातार विकेट गुमायो। भिम सार्की ३९ रनमा आउट हुँदा कुशल मल्ल २ रन तथा कमल ऐरि १ रन बनाएर आउट भए।
अन्तिम विकेटको लागी प्रतिस जिसी र सूर्य तामाङले ५१ रनको साझेदारी गर्दै नेपालको रन २०० कटाएका थिए।
विस्फोटक इनिङ खेल्ने क्रममा प्रतिस जिसीले २३ बल खेल्दै ४१ रन बनाए। यस क्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे। सूर्य तामाङ ७ रनमा अविजित रहे।
ओमानका आजम अलि, तन्ना, मुजाहिर राजा र रभिन्द्रले २/२ विकेट लिएका थिए।
यसअघि प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसँग १ रनले ( डी/एल मेथड) पराजित भएको थियो। तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।
यद्यपी नेपाल अंक तालिकामा दोश्रो स्थानमा छ। सबै ४ खेलमा शतप्रतिशत जित निकालेको युएई शीर्ष स्थानमा छ।
विश्वकप छनोट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई हराउनुपर्नेछ भने युएईले ओमानसँग हार्नु पर्नेछ।
प्रतियोगिताको विजेता टिम २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने अन्डर-१९ विश्वकपमा छनोट हुनेछ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया