वीपेन्द्रको रिटमा अन्तरिम आदेश जारी भएन, पक्राउ गरी अनुसन्धान गर्न बाटो खुल्यो

समाधान सम्वाददाता
व्यवसायी वीपेन्द्रराज (विपिन) बतासले दायर गरेको रिटमा उच्च अदालत पोखराले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
रिटमा माग भएअनुसार अन्तरिम आदेश भने अदालतले जारी गरेन । योसँग अब विपिनलाई ठगी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।
निवेदकको तर्फबाट अधिवक्ताद्वय मुकुन्दराज अर्याल र कमल अर्याललको बहसपछि उच्च अदालतका न्यायाधीश सुवास पौडेलको एकल इजलासले विपक्षी कास्की प्रहरीका नाममा कारण देखाऊ आदेश जारी गरेको उपरजिस्ट्रार पुष्प दाहालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीमा विपिनविरुद्ध ठगीको जाहेरी दर्ता भएपछि जिल्ला अदालत कास्कीले सोमबार पक्राउ पुर्जी जारी गरेपछि उनले सोही दिनै उच्चमा परमादेशसहितको आदेश माग गर्दै रिट दर्ता गराएका थिए ।
‘यसमा के भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? जारी गर्नु नपर्ने कुनै कानुनी आधार भए बाटोको म्यादवाहेक १५ दिनभित्र जिल्ला प्रहरी कार्यालय कास्कीको हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत लिखित जवाफ पेस गर्नू,’ आदेशमा उल्लेख छ । अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतले वैशाख १२ गतेलाई पेसी तोकेको छ ।
ठगी र त्यसबारे प्रकाशित समाचारबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) मा उजुरी परेर अनुसन्धानकै क्रममा रहेको, जिल्ला अदालत कास्कीमा सोमबारै गाली बेइज्जती मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी नगर्न आदेश माग गर्दै वीपेन्द्रले वारेसमार्फत रिट दायर गरेका हुन् । विपिनले ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीसहित व्यवसायी पहारी र श्रेष्ठलाई विपक्षी बनाएर सोमबारै लिखित गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।
पोखरा ६ का जनकराज पहारी र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जाहेरी दर्ता गराएपछि मंगलबार जिल्ला अदालतले पुर्जी जारी गरेको थियो । चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भए पनि सोमबार दर्ता भएको थियो ।
पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतासबाट ठगिएको जाहेरी दिएका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया