कांग्रेस नेता ताम्राकारको निधन

समाधान संवाददाता, काठमाडौं
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । क्यान्सर र निमोनियाका कारण लामो समयदेखि थलिएका नेता ताम्राकारको उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे निधन भएको हो । विगत २ वर्षदेखि क्यान्सरको उपचार गराइरहेका ताम्राकारलाई पछिल्लो समय निमोनियाका कारण स्वास्थ्य स्थिति झनै गम्भीर भएपछि चैत अन्तिम साता अल्का अस्पताल ललितपुरको आइसियुमा भर्ना गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत भएका ताम्राकार विसं २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका थिए । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अत्यन्त निकट मानिने ताम्राकारले विभिन्न समयमा स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय समेत सम्हालेका थिए ।
यसैबीच कांग्रेसले बुधबारदेखि सुरु गर्ने भनेको देशव्यापी जागरण अभियान स्थगित भएको छ । नेता रामकृष्ण ताम्राकारको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने जनाउँदै कार्यक्रमलाई स्थगित गरेको हो ।
स्थगित कार्यक्रम यही वैशाख १४ गतेदेखि सुरु हुनेछ । कांग्रेसले यसअघि नै वैशाख ११ गते लोकतन्त्र दिवसका दिनदेखि देशव्यापी जागरण अभियानको शुरुवात गर्ने घोषणा गरेको थियो । आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा जानकारी दने भन्दै कांग्रेसले जागरण अभियान कार्यक्रम गर्न लागेको हो । विभिन्न ३ चरणमा हुने अभियान पुष्स १६ गते राष्ट्रिय मेलमिलाप दिवससम्म चल्नेछ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया