सुविधा नपाएको भन्दै पुनर्निर्माणमा संलग्न ४ हजार प्राविधिकले राजीनामा दिए

समाधान, काठमाडौ
राष्ट्रिय पूननिर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले बिहिवारबाट लागु हुने गरि सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
राष्ट्रिय पूननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकाले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको ठहर छ ।
समितिले गत चैत्र ३ गतेबाट देशव्यापी आन्दोलन गर्दै आएको थियो । तर, सरकारले आफ्ना जायज मागको सुनुवाई नगरी सेवा सुविधाबाट बञ्चित गराएकाले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष ई। अविनाश अमरले स्पष्ट पार्नुभयो ।
यता केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक नवराज प्याकुरेलले पुनर्निर्माण प्राविधिकहरुहरुको माग पुरा भइसकेको दाबी गर्नुभयो । उहाँले प्राविधकहरुको मागका बारेमा मन्त्रीपरिषद्मा समेत जानकारी गराइसकेको बताउनुभयो ।
पुनर्निर्माण प्राविधीकहरुले आफूहरुले खाईपाई आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै आएका छन ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया