लायन्स महाधिवेशन आज

समाधान संवाददाता
पोखरा
लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको साताैं राष्ट्रिय महाधिवेशन पोखरामा शुक्रबार सुरु हुँदै छ । महिलामात्र सदस्य भएका २६ लायन्स क्लबको अग्रसरतामा वैशाख १३ र १४ गते पोखरा प्रदर्शनी केन्द्रमा महाधिवेशन गर्न लागिएको हो ।
डिस्ट्रिक्ट अन्तर्गतका करिब ४ हजार लायन्सको सहभागिता रहने महाधिवेशनको तयारी ९० प्रतिशत पूरा भएको मुल आयोजक समितिका संयोजक डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विमला श्रेष्ठले जानकारी दिइन् ।
उनले महाधिवेशनको लागि २ हजार लायन्स सदस्यले प्रि रजिस्ट्रेसन गरेको बताइन् । ‘महाधिवेशन सफल पार्न २७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । विभिन्न ३४ उपसमिति जिम्मेवारीसहित महाधिवेशनको तयारीमा जुटेका छन,’ संयोजक श्रेष्ठले भनिन्, ‘महाधिवेशनलाई सफल पार्न सम्पूर्ण लायन्स तथा लियो क्लब भएका छन् । लायन्स पाहुनाको लागि दृश्यावलोकनको समेत व्यवस्था गरिनेछ ।’
उनले नेपाल भ्रमण वर्ष २०२० सुरुआत हुनुभन्दा अघि हुन लागेको महाधिवेशनले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने दाबी गरिन् ।
पर्यटन प्रबद्र्धनको लक्ष्यसहित आयोजना गर्न लागिएको महाधिवेशनबाट विश्व सामु चिनाउन र पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने संयोजक श्रेष्ठले उल्लेख गरिन् । महाधिवेशनमा सहभागिताको लागि दर्ता शुल्क २ हजार ५ सय कायम गरिएको छ । महाधिवेशन गर्न ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।
डिस्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महिला लायन्स क्लबको व्यवस्थापनमा हुने महाधिवेशन अभूतपूर्व सफल हुने बताए । उनले सेकेन्ड भाइस गभर्नर पदमा मिलाउने प्रयास गरे पनि सफल नभएको उल्लेख गरे । लायन्स क्लब प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने संस्था भएको उनको तर्क थियो ।
महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । दुवैले महाधिवेशनबाट ‘एस’मत लिनुपर्ने व्यवस्था छ । सेकेन्ड भाइस गभर्नर पदमा विश्वेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । महाधिवेशनमा वर्षभरिको कामको समीक्षा छलफल र महत्वपूर्ण निर्णय गरिने संयोजक श्रेष्ठले बताइन् ।
कार्यक्रममा मूल आयोजक समितिका सहसंयोजक मिलन थापा, सचिव विधाता श्रेष्ठ द्वा, प्रचारप्रचार संयोजक खिमा गुरुङ लगायतले बोलेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया