गाेर्खा दरबारकाे पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुख कृष्णबहादुर महराकाे आग्रह
समाधान संवाददाता
२०७६ वैशाख १३ गते १४:५५

सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन्। शुक्रबार दरबारको अवलोकन गर्दै सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएकोले तीव्रता दिन आग्रह गरे।
‘दरबारको पुनःनिर्माण अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो। पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ,’ उनले भने।
उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कति पनि नबिग्रने गरी गर्नुपर्नेमा जोड दिए। महराले गोरखा सङ्ग्रहालयको समेत अवलोकन गरे।
सम्बन्धित







लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया