रुपामा अपांगता स्वास्थ्य प्रमाणीकरण

समाधान संवाददाता
लेखनाथ
अपांगता भएका व्यक्तिलाई परिचयपत्र दिलाउने तयारी अन्तर्गत गाउँपालिकाका अपांगता भएकाहरुको स्वास्थ्य परीक्षण तथा लगत संकलन सुरु भएको छ । यसका लागि शुक्रबार र शनिबार गाउँपालिकाका सबै वडामा अपांगता भएका व्यक्ति प्रमाणीकरण गरियो ।
अपांगता भएका व्यक्तिले पाउने सेवा, सुविधाका लागि आवश्य परिचयपत्र बनाउनका लागि स्वास्थ्य परीक्षण लगायतका क्रियाकलापमा अनावश्यक झमेला व्यहोर्न नपरोस् भनी गाउँपालिकाले ७ वटै वडामा डाक्टर लगेर स्वस्थ्य परीक्षण गराएको हो । कार्यक्रममा गाउँपालिकाभरिका १ सय ३३ जना पुरुष र ८६ महिला गरी जम्मा २ सय १९ को अपांगता परीक्षण भएको छ ।
धेरै जना हाडजोर्नी, नशा, पक्षघात, मानसिक रोग, आँखा र कानसम्बन्धी अपांगता भएका भेटिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यसहित डा. सुनिल पनेरु, डा. सुजन ताम्राकार, डा. आशीष त्रिपाठी, ल्याब टेक्निसियन शंकर भण्डारी लगायतको टोलीले जाँच गरेको हो ।
स्वास्थ्य परीक्षण प्रमाणीकरण कागजका आधारमा पूर्ण वा आंशिक अपांगता पत्ता लगाई केही समयभित्रै परिचयपत्र बाड्ने गाउँपालिकाको योजना रहेको अपांगता पहिचान तथा कार्यान्वयन समिति संयोजक तथा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, सगोल कास्की संयोजक बिमला केसीलगायत सहभागी थिए ।







‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया