टिपर आतंकः टिपरकाे ठक्करबाट किशाेरीकाे मृत्यु
समाधान संवाददाता
२०७६ वैशाख १९ गते १३:४३

समाधान संवाददाता, बुटवल
रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट १९ वर्षीय पुष्पा भण्डारीकाे ज्यान गएको छ ।
आफ्नाे बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्वरको मोटरसाइकलमा सवार भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको जनाइएको छ ।
बुवा घनश्याम भण्डारीले मोटरसाइकल चलाएको र छोरी पुष्पा मोटरसाइकलको पछाडि बसेको अवस्थामा टिपरले उनीहरूलाई पछाडिबाट ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै ज्यान गए पनि बुवा घनश्याम भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया