नेपालमै पहिलोपटक बर्डफ्लुबाट युवकको मृत्यु
समाधान संवाददाता
२०७६ वैशाख १९ गते १३:५१

समाधान संवाददाता, काठमाडाैं
काभ्रेका एक युवकको बर्डफ्लुका कारण मृत्यु भएको पुष्टि भएको छ ।
‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो ।
चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन । खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो ।
बिरामी युवकको र्याल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ती युवकको मन्त्रालयले पहिचान भने खुलाएको छैन । ‘एचफाइभ एनवानबाट नेपालमै पहिलोपटक मानिसको मृत्यु भयो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया