पर्वत जिल्लामै दमकलकाे अभाव

रामकृष्ण लामिछाने
पर्वत
पर्वतका ६ वटा स्थानीय तहमा दमकलको अभाव रहेको छ । गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि दमकल हुनुपर्नेमा १ नगरपालिका बाहेक अन्य स्थानीय तहमा दमकल छैनन् ।
जनप्रतिनिधि सुविधा सम्पन्न सवारी साधान खरिद गर्ने होडमा छन् । तर, दमकल खरिद गर्ने कुनै पालिकाको योजना छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैन ।
यो वर्ष बजेट विनियोजन नगरेको हुनाले खरिद हुन नसकेको र अर्को वर्ष खरिद गर्न सकिने फलेवासका प्रवक्ता टीकाराम गौडेलले बताए । आवश्यकता भए पनि स्रोत साधनको अभावमा दमकल खरीद गर्न नसकिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले बताए ।
अन्य स्थानीय तहमा आगलागी हुँदा कुश्मा नगरपालिका दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीको भनाई छ । सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल बताउँछन् ।
जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको एकमात्र दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रत्येक स्थानीय तहमा ३० लाख रुपैयाँ बराबरको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णयसमेत गरिएको छ ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया