न्यायालय ऐन सम्झँदै आज कानून दिवस मनाइँदै

समाधान सम्वाददाता
कानून र न्याय क्षेत्रमा संलग्नहरुले आज विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् । प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले ‘कानून दिवस, २०७६’ का अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
प्रधानन्यायाधीश राणाले जारी गरेको सन्देशमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवर्द्धन र सहज पहुँच पुग्ने विश्वास लिएको छु ।” जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न दिवसले थप हौसला प्रदान गर्ने विश्वास सन्देशमा गरिएको छ ।
कानूनी इतिहासलाई हेर्दा न्यायपालिकासम्बन्धी संवैधानिकरूपमा कानूनी व्यवस्था नै नभएको पञ्चायती शासन व्यवस्थामा पनि स्वतन्त्र न्यापालिका बनाउन निष्पक्ष न्याय दिन राम्रो अभ्यास भएको देखिन्छ ।
नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले तत्कालीन पञ्चायती व्यवस्था र संविधानले न्यायपालिका राज्यको छुट्टै अङ्ग हो भनेर नमानेको अवस्थामा स्वतन्त्र न्यायपालिकाको जग बसाल्ने काम गरे । जुन नेपाली न्यायलयको इतिहासमा काशेढुङ्गाकै रूपमा सावित भयो । पहिलो प्रधानन्यायाधीश प्रधानले बसालेको न्यायालयको जगमा त्यसपछिका प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंह र हरिप्रसाद प्रधान, भगवतीप्रसाद सिंह र रत्नबहादुर विष्टले स्वतन्त्र न्यायपालिकाको विकासमा योगदान गरे ।
वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले न्यायलयको शुद्धीकरण अभियान सुरु गरेका छन् । त्यो कदमले नागरिकमा निष्पक्षरूपमा न्याय पाउने आशा बढेको छ । नेपालमा विसं २००८ मा प्रधानन्यायलयको ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानून दिवस मनाउन लागिएको हो ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया