आज उपाधि भीडन्तमा चेन्नाई भर्सेज मुम्बई

एजेन्सी
आईपीएल क्रिकेटको उपाधि भिडन्त आज हुदैंछ । फाइनलमा चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।
फाइनल खेल आज राति पौने ८ बजे हैदराबादमा शुरुहुने छ । यी दुवै टिम आईपीएल क्रिकेटका सवैभन्दा सफल टिम मानिने भएकाले आजको उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा गरिएको हो ।
यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नाईले उपाधी हात पारेको हो । चेनाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो ।
विगतको आंकडा हेर्दा चेन्नाईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नाईलाई पछि पारेको छ । यस सिजनमा तीन पटक भिड्दा तिनै पटक नै मुम्बईले बाजी मारेको थियो ।
चेन्नाईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने २०१३ मा चाखेको थियो भने १५ र १७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।









एआई तालिम
मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया