मन्त्री उपेन्द्र यादवको अन्तवार्तापछि एभिन्युजको वीरगञ्ज कार्यालयमा तोडफोड

समाधान सम्वाददाता
एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ। कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्।
‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए,’ एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले भनिन्, ‘उनीहरू को हुन् र किन आएर तोडफोड गरे। केही भनेनन्। समाजवादी पार्टीका कार्यकर्ता हुन् कि जस्तो लाग्छ।’
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कन्छन्।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया