७८ लाख घुस खाएको आरोपमा अख्तियारका पूर्व आयुक्तलाई अदालत लगियो

समाधान सम्वाददाता
घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् ।
नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग लागेका पाठक बुधबार अदालतमा उपस्थित भएका हुन् ।
भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक अदालत हाजिर भएको अदालतले जनाएको छ ।
पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ ।
बयानपछि बुधबार नै थुनछेकको लागि सुनुवाइ हुनेछ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ।
कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया