इन्स्टामा ६५ प्रतिशत भोटको आदर गर्दै युवतिले गरिन् आत्महत्या

एजेन्सी
मलेसियामा एक १६ वर्षीया युवतीले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई ‘मलाई जीवन कि मृत्यु भनेर छनोट गर्न मद्दत गर्नुस’ भन्दै भोट गर्नलाई पोल बनाइन् । उनका फलोअर्स मध्ये ६९ प्रतिशतले उनको मृत्यु छाने । अन्ततः ती युवतीले आत्महत्या नै गरिन् ।
पूर्वी मलेसियाको सारावक प्रदेशका एक प्रहरी अधिकारीले भने ‘एक युवतीले आफु मर्नुपर्छ कि बाँच्नुपर्छ भन्दै इन्स्टाग्राममा फोटो सहित एउटा पोल बनाएकी थिइन् । त्यस्मा उनलाई ६९ प्रतिशत फलोअर्सले मर्नुपर्छ भनेर भोट गरेपछि उनले आत्महत्या गरिन् ।’
ती युवतीका वकिलले उनलाई मर्नुपर्छ भनेर भोट दिने सबैलाई आत्महत्या गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी मान्न सकिने बताएका छन् । मलेसियाको उत्तरपश्चिम प्रदेश पेनाङका वकिल रामक्रपल सिंग भन्छन्, ‘यदि उनका फलोअरहरुले बच्नुपर्छ भनेर धेरै भोट गर्दै उनलाई मृत्युका लागि निरुत्साहित गरेको भए के उनी जिउँदै हुने थिइन् रु के उनीहरुले वास्तवमै तिनको ज्यान बचाउन सक्थे ।
अथवा प्रयोगकर्ताहरुले उनलाई मद्दत लिन सुझाव दिएको भए उनले आत्महत्या गर्थिन कि गर्थिनन् रु यसरी यो घटनामा प्रयोगकर्ताहरुको भोटले उनको मर्ने इच्छालाई वास्तवमै प्रभाव पारेको हो होइन भन्ने ठूलो प्रश्न खडा गरेको छ ।’
ती युवतीको नाम भने खुलाइएको छैन । साथै प्रहरी यस घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ । यसअघि पनि सामाजिक सञ्जालमा लाईभ आएर आत्महत्या गर्ने देखि स्टाटस लेखेर आत्महत्या गरेका घटनाहरु समेत सार्वजनिक भएका थिए ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया