काउन्सिल विधेयकविरुद्ध युनियनको विरोध प्रर्दशन

समाधान सम्वाददाता
मिडियालाई नियन्त्रणमा राख्ने र पत्रकारलाई हतोत्साही गर्ने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायत विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले विरोध जनाएको छ ।
बुधबार महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाको लागि माग गरिएको छ । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाही कालको झल्को दिने सरकारले विधेयक ल्याएको बताए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने खोज्ने सरकार बिरुद्ध सडकमा आन्दोलित हुनपर्ने बाध्यता रहेको औल्याए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले २ तिहाइको बलियो भनिएको सरकारले प्रेसलाई कमजोर बनाउन खोजेको प्रति असहमति जनाए ।
प्रेस युनियन गण्डक प्रदेश संयोजक टंक अधिकारीले संविधानमा टेकेर आएको सरकारले प्रेसलाई निरुत्साहित गरेको औल्याए । प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठले सरकारले प्रेसलाई कुन्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै बिरोध गर्नुपर्ने बताए ।
विरोध कार्यक्रममा पत्रकार हिमनिधी लौडारी, प्रेस युनियनका सल्लाहकार डा. बलराम उपाध्याय, प्रेस युनियन केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले बोलेका थिए । प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया