घिलिङ गाउँको एक घरमा आगलागी,करिव ३ लाखको क्षति

सुन्दरकुमार थकाली, मुस्ताङ
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउपालिका ३ घिलिङ गाउँको एक घरमा गएराति साझ साढे ६ बजे आगोलागी भएको छ ।
स्थानीय लोप्साङ गुरुङको घरमा अकस्मात आगोलागी हुदा दुईतले माटोले निर्मित घर पूर्ण रुपमा क्षति भएको हो ।घर जलेर नष्ट भएसंगै घरमा रहेको करिव ३ लाख बराबरको भौतिक संम्पती नष्ट भएको प्रहरी हवल्दार होमबहादुर थापाले जानकारी दिए।
आगोलागी भएको घटना थाहा पाएपछि गाउका स्थानीयबासी आगो नियन्त्रणका लागि जुटेका थिए ।घिलिङ ३ का वडाअध्यक्ष सम्तेनधावा गुरुङले गाउले सक्रियतामा ३ घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।उनका अनुसार आगोलागीबाट भौतिक संम्पति बाहेक मानविय क्षति नभएको बताए ।
प्रहरीका अनुसार आगोलागी पीडित लोप्साङको घरमा रहेका सोलार प्यानल,चाईनिज चुल्हो,काठको ढोका र सिढीं,भाडा वर्तन,लत्ताकपडा,फर्निचर,घरको काठ र घरमा प्रयोग गरिएको २ वटा गलैचा जलेर नष्ट भएको हो ।घटनापछि प्रहरीले क्षति विवरणको समेत मुचुल्का उठाई सकेको छ ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया