भारतले नाकामा ट्यांकर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव
समाधान संवाददाता
२०७६ जेठ १४ गते १५:५९

समाधान संवाददाता, काठमाडाैं
भारतीय भन्सारले गत शुक्रबारदेखि तेलबाहक ट्यांकरलाई नाकामा रोकिदिँदा नेपालको पूर्वी भेगमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
भन्सारले अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ मा लैजान लागेकोले तेलबाहक ट्यांकर नाकामा रोकेर राखिएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए ।
‘भन्सारले गाडी आउने रेकर्ड अनलाइन प्रणालीबाट राख्ने व्यवस्था गर्दा तेल रोकिएको हो’, उलने भने, ‘आज नै ट्यांकर छोड्ने जानकारी आएको छ ।’
पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्यांकर भारतीय नाकामा रोकिएको छ ।
पूर्वी नेपालका लागि आउने ट्यांकरलाई भारतले पश्चिम बंगालको पानीट्यांकी भन्सारमा रोकिदिँदा मेची अञ्चलका प्राय सबै पेट्रोलपम्प बन्द भएको सूचना अधिकृत पौडेलले बताए ।
सम्बन्धित








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया