सिटिजन जुरीमा पराजुली

समाधान सम्वाददाता
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी कास्की(सिटिजन जुरी) को अध्यक्षमा वरिष्ठ अधिवक्ता तीलक पराजुली चयन भएका छन् । संस्थाको शुक्रबार भएको प्रथम साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा प्राडा यादव शर्मा गौडेल, सचिवमा रामबहादुर पौडेल, कोषाध्यक्षमा लक्की कार्की र सहसचिवमा शशि तुलाचन सर्वसम्मत भए । सदस्यमा नारायण कार्की, इन्द्रकमल मानन्धर, दुर्गा कुमारी शर्मा र रेनु थापा छन् ।
कार्यक्रम उद्घाटन गर्दै उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले भ्रष्टाचार विरुद्धका संस्थाहरु टिम मिलाएर अघि बढ्न सकेमात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताए । साथै उनले न्यायिक जनशक्तिको अभावमा समस्या बढ्दै गएको पनि उल्लेख गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख काशीराज दाहालले निगरानी र खवरदारी मात्र होइन, विधि र प्रक्रियामा त्रुटि भए सरकारलाई सुझाव दिन आग्रह गरे । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नागरिक निगरानी संस्थाको अन्तरक्रिया पछि रुपामा कानून विपरितका कुरा धेरै कम भएको बताए। गैसस महासंघ गण्डकी अध्यक्ष बिना सिलवालले नागरिकलाई गरिखाने वनाउनु पर्नेमा जोड दिइन् । पत्रकार महासंघ कास्ककिा अध्यक्ष दीपेन्द्र श्रेष्ठले भ्रष्टाचार विरुद्धको नारा मात्र होइन व्यवहारमा उतार्नुपर्ने बताए । संस्थाका अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव रामवहादुर पौडेलले प्रगति तथा कोषाध्यक्ष लक्की कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सहसचिव शशि तुलाचनले गरेकी थिइन् ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया