भालुको आक्रमणबाट २१ भेडाको मृत्यु, केही घाइते

एसके थकाली, जोमसोम ।
मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउपालिका वडा नम्बर ५ ताक्लुङ र झिप्रा देउरालीबीचको मिन्दी पाखोमा जंगली भालुको आक्रमणबाट २१ वटा भेडा मारिएका छन् ।
गत शुक्रबार साझपख थासाङ ५ छयो घरभई हाल म्याग्दीको दाना बस्दै आईरहेका स्थानीय शङ्करमान गौचनको गोठमा पालन गरिएका भेडाको ठुलो बथान माथि जंगली भालुले एक्कासी आक्रमण गरेको वडाअध्यक्ष सोमल हिराचनले जानकारी दिए ।
घटनाबारे शनिबार मात्रै गाउले जानकारी पाएको वडा अध्यक्ष हिराचनको भनाई छ । उनका अनुसार भालुको आक्रमणले २१ वटा भेडा गोठमै मरेको र केही घाईत छन् ।
घटनाबारे संम्पर्क गर्दा ईलाका प्रहरी कार्यालय लेतेका ईन्चार्ज मिनबहादुर थापाले भालुको आक्रमणमा परी भेडाहरु मरेको प्रहरीलाई जानकारी आएको बताए । उनले क्षति बिवरण संकलन गर्ने कार्य भने नभएको बताए ।
भालुले आक्रमण गरेको स्थान झिप्रा देउराली देखि करिव १ घण्टा पैदल हिड्नु पर्छ । पीडित शङ्करमानको गाउ भन्दा माथि २ वटा भेडी गोठ भएको र त्यहा उनले करिव ५ सय बढी भेडा पालन गरेको वडाअध्यक्ष हिराचनले जानकारी दिए ।
उक्तक्षेत्र अन्नपूर्ण संरक्षितक्षेत्र अन्तर्गत पर्दछ । थासाङको उक्त क्षेत्रमा उल्लेख भालुहरुको बासस्थान रहेको र बेलाबेलामा स्थानीयलाई सास्ती दिने गरेको स्थानीय देउबहादुर बिकले बताए । उनले भालु र मानवबीचको द्धन्द न्यूनिरकण गर्न सरोकारवालाहरु समक्ष माग गरे ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया