उपमेयर कप महिला फुटबलमा वालिङ अगाडि

सुशील सुवेदी
वालिङ
अन्तर नगरपालिकास्तरीय उपमेयर कप महिला फुटबल प्रतियोगितामा वालिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा वालिङले समूह ‘ए’ अन्तर्गत ३ खेल खेलेको थियो । २ खेलमा फराकिलो गोल अन्तरले विजयी वालिङले सोमबार खेलेको तेस्रो खेलमा बर्दियाको बाँसगढी नगरपालिकासँग गोलरहित बराबरीमा रोकिएपछि अंकको आधारमा समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो ।
सशस्त्र प्रहरीको हेडक्वाटर हलचोकमा शनिबार भएको समूह ‘ए’ को पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जाले शम्भुनाथ नगरपालिका सप्तरीलाई ११—० को फराकिलो गोल अन्तरले जितेको थियो । एन्फा स्याङजाका महासचिव भीम पंगेनीका अनुसार सरस्वती हमालले ४, शान्ताले ३, अस्मिता रनपाल, मनमाया दमै, लेखमाया मास्कीले १÷१ गोल गरेका थिए भने १ गोल आत्मघाती भएको थियो ।
यसैगरी आइतबार भएको दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जा र घोराही तुलसीपुर नगरपालिकाबीचको खेलमा वालिङ नगरपालिकाले शून्यका विरुद्ध ५ गोल गरेको थियो । अस्मिता रनपाल प्लेयर अफ द म्याच घोषित भइन् ।
सोमबार भएको तेस्रो खेलमा वालिङ समूह आक्रामक रुपमा आफूलाई प्रस्तुत गरे पनि बाँसगढी नगरपालिकाले रक्षात्मक खेल प्रदर्शन ग¥यो । जसको नतिजा खेल बराबरीमा टुंगियो । यो खेलसँगै अंकको आधारमा सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको वालिङ नगरपालिकाले ३ खेलबाट ७ अंक जोडेको छ, भने समान खेल खेलेको बाँसगढी ५ अंकमै रोकियो । वालिङ नगरपालिकाले अब सेमिफाइनलमा आगामी १० गते अर्काे समूहको विजेतासँग प्रतिस्पर्धा गर्ने वालिङ नगर कार्यपालिका सदस्य एवं टिम व्यवस्थापक रेखा थापाले बताइन् ।
वालिङ नगरभित्र ट्रिनिटी क्लबले महिला फुटबल खेलाडी उत्पादन गर्दै आएको छ । क्लबले महिलालाई निरन्तर फुटबल प्रशिक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउँदै आएको प्रशिक्षक दिलीप थापाले बताए । थापा भन्छन्, ‘खेलाडीलाई पूर्वाधार र राम्रो ग्राउन्डको व्यवस्था गर्न सके देशकै नाम राख्ने महिला खेलाडी उत्पादन गर्ने थियौँ । ’
हाम्रो साेँच परिवर्तन गर्न आवश्यक भएको बताउँदै थापाले भने, ‘अझै पनि खेल क्षेत्रबारे सोचाइमा परिवर्तन ल्याउन सकेका छैनौँ, खेल क्षेत्रमा व्यावसायिकता जोडिन आवश्यक छ ।’ एन्फा महिला फुटबल समितिले आयोजना गरेको प्रतियोगितामा नगरस्तरीय १८ टिम सहभागी छन् । देशभरिका कुल १८ नगरपालिका ४ समूहमा विभाजन गरिएको छ भने समूह विजेताले मात्रै सेमिफाइनलमा प्रवेश पाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार प्राप्त गर्नेछन् ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया