एकल महिलाका सन्तानलाई छात्रवृत्ति

समाधान संवाददाता
पोखरा
आर्थिक अवस्था कमजोर भएका कास्कीका एकल महिलाका सन्तानलाई छात्रवृत्ति दिइएको छ । ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको सन्दर्भमा मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले सरकारी विद्यालयमा १ देखि १२ कक्षासम्म पढ्दै गरेका एकल महिलाका २० जना छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेका एकल महिलाका सन्तानलाई थोरै भए पनि साथ दिन छात्रवृत्ति दिइएको समूहका कास्की अध्यक्ष जुना केसीले बताइन् । २० जनालाई जनही २ हजार प्रदान गरिएको छ । उनले बालबालिका र कोष सञ्चालनमा सहयोग गर्ने स्कटल्यान्डका विद्यार्थी सुजानी सोले र उनको परिवार र अर्का विद्यार्थी जेम्स बेट्यानीलाई धन्यवाद दिइन् । वर्षेनि छात्रवृत्ति दिनका लागि ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
समूहका गण्डकी अध्यक्ष प्रमिला तझ्याले एकल महिला दिवस प्रदेशका केही जिल्लामा बिभिन्न कार्यक्रम गरी मनाइने बताइन् । उनले सबै एकल महिलालाई शुभकामना दिँदै छात्रवृत्तिको सदुपयोग गर्न पनि आग्रह गरिन् ।
समूह पोखरा १६ का अध्यक्ष दुर्गा केसीले यस्ता कार्यक्रम सबै वडामा स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिइन् । एकल महिला दिवस नेपालमा सन् २०११ बाट मनाउन थालिएको हो । कार्यक्रममा संस्था सचिव विष्णु श्रेष्ठले पनि बोलेकी थिइन् ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया