तनहुँकाे क्षेत्र नं. २मा सडक, खानेपानी र पक्की पुललाई प्राथमिकता
राजन उपाध्याय
दुलेगौंडा
गण्डकी प्रदेशले तनहुँ क्षेत्र नं. २ क मा २ दर्जन बढी आयोजनाका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले सिँचाइ, खानेपानी, तटबन्ध, सडक र पक्की पुललाई प्राथमिकता दिई बजेट छुट्याएको प्रदेश सांसद आशा कोइरालाले बताइन् ।
उनका अनुसार ४ वटा मोटरेबल पुल निर्माणका लागि पहिलो चरणमा ७५ लाखका दरले बजेट विनियोजन गरेको छ । शुक्लागण्डकी ५ गुम्बाटोल र वडा नं. ८ को मुस्ताङक्याम्प जोड्ने सेती नदी मोटरेबल पुल, शुनपा१० डिही र ११ ज्याङलाग्दी जोड्ने क्याङ्दी खोलामा पक्की पुल, शुक्लागण्डकी नपा ११ र भीमाद ८ जरेबर जोड्न बरखोलामा पक्की पुलको लागि बजेट विनियोजन गरिएको सांसद कोइरालाले जानकारी दिइन् । साथै दुलेगौंडालामागाउँ मार्ग अन्तर्गत सुरौंदी खोलामा मोटरेबल पुल निर्माण गर्न ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
दुलेगौंडा–हर्कपुर मोटरमार्गको लागि ४ करोड रुपैयाँ छुट्याएको छ । हाल निर्माणाधीन म्याग्दे गाउँपालिका जोडिएको उक्त सडकका लागि कुल ३४ करोड रुपैयाँ छुट्याइएको छ । शुनपा २ कोत्रेदेखि वडा नं. २ थप्रेक जोड्ने लालध्वज सडकका लागि १ करोड ५० लाख, शुनपा १० स्थित क्याङ्दी करिडोरमार्गका लागि ५० लाख र शुनपा ५, अकलामार्गका लागि ५० लाख, शुनपा १२ स्थित राईपुर बाराही मार्गका लागि ५० लाख र शुनपा ११ देखि हरिनास गापाको चिसापानी जोड्ने ज्योति सपना मोटरमार्गको लागि समेत बजेट विनियोजन भएको छ ।
सिन्धुमार्ग (चापाघाट–थप्रेक–काठेकोट) को लागि ३ करोड ५६ लाख ५४ हजार, दुई पिप्ले–शिशाघाट–टाकान्जा सडकका लागि ५० लाख, महेन्द्र मार्गका लागि ५० लाख, जनजाागृति मार्ग र अकला मार्गको कल्भर्ट निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
खानेपानीतर्फ बेलचौतारा खानेपानीलाई १ करोड, शुनपा ३ स्थित हटिया वनकेवा खानेपानी योजना, शुनपा २ को एक्लेखेत खानेपानी आयोजना र दकाङ कालिका खानेपानी आयोजनालाई २०÷२० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै वडा नं. १० स्थित खोरादी मीनमाखानी खानेपानी आयोजनालाई २५ लाख रुपैयाँ छुट्याइको छ । म्याग्देमा म्याग्दे बृहत खानेपानीका लागि २२ लाख, उमाचोक खानेपानीका लागि ३० लाख, चँदेर खानेपानीका लागि ८० लाख, शेखाटार खानेपानी व्यासका लागि र अम्रोनी खानेपानीको लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस क्षेत्रमा ३ वटा झलुंगे पुलको लागि बजेट विनियोजन गरिएको छ । परेवा रह व्यासको लागि १ करोड, मसिना खोला एक्लेखेत शुनपा १ का लागि १ करोड र व्यास ६ अम्रेनी र म्याग्दे ६ जोड्ने सागेखोलाका लागि ११ लाख रुपैयाँ छुट्याइएको छ ।
सेती, मादी म्याग्दे र कुम्लेखोलमा तटबन्धको लागिसमेत बजेट परेको सांसद कोइरालाले बताइन् । प्रदेशको योजना पुस्तिकामा छनौट भएका ती योजनालाई आगामी वर्षपनि बजेट विनियोजन हुने छ । तनहुँ क्षेत्र नं. २ क मा शुक्लागण्डकी नपा, म्याग्दे गापा र व्यासको २ वटा वडाहरु पर्छन् ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया