मुस्ताङ मालपोत अनलाईन सेवामा

समाधान संवाददाता ।
मालपोत कार्यालय मुस्ताङमा मंगलबार देखि अनलाईन डिजिटल सेवा संञ्चालनमा आएको छ । हिमालका कुल २१ वटा जिल्ला मध्ये मालपोतमा अनलाइन सेवा दिने मुस्ताङ पहिलो. जिल्ला बनेको छ ।
कार्यालयका अनुसार म्याग्दीमा पनि आजै देखि अनलाईन सेवा बिस्तार भएको छ । देशभरका १ सय ३१ वटा मालपोत कार्यालय मध्ये यसअघिनै ६६ वटा जिल्लामा अनलाईन सेवा बिस्तार भैसकेको थियो । अनलाईन सेवाका लागि ड्राईआईस सोलुसनका आशिष बैधसहित केही अनलाईन प्राविधिक मुस्ताङ आएका हुन् । उनीहरुले कार्यालयका कर्मचारीलाई अनलाईन प्रविधिबारे प्र्रशिक्षण दिएका छन ।
अनलाईन प्राविधिक आशिष बैधले मालपोत कार्यालयको अनलाईन सफ्टवेयर मार्फत संम्पूर्ण जग्गा संम्वन्धि अभिलेखिकरण हुने जानकारी दिए । परिवर्तित डिजिटल प्रविधिको बिकाससंगै छिटो छरितो र पारदर्शी सेवाका लागि अनलाईन सेवा भरपर्दो डिजिटल प्रविधि भएको दावी गरे ।
बैधका अनुसार सेवाग्राहीले सेवा मार्फत नागरिकताको आधारमा अनलाईन दर्ताको जग्गाको बिवरण देशका कुनै पनि अनलाईन सेवा प्राप्त मालपोत कार्यालयमा पुगेर सजिलै जानकारी लिन सक्नेछन् । यसअघि दर्ता भएको कागजी ढड्डा र पाना पल्टाएर हुर्नुपर्ने झन्झटिलो पनाको अन्त्य भएको र सेवाग्राहीले सजिलै आफ्नो जग्गामा बिवरण प्राप्त गर्नसक्ने बैधले खुलाए ।
कार्यालय प्रमुख सुर्यप्रसाद शर्मा अर्र्यालले अनलाईन सेवा प्रविधिमा रजिष्ट्रेशन भएको संम्पूर्ण अभिलेख भूमिसुधार व्यवस्थापन बिभागले क्षणभरमै हेर्ने मिल्ने डिजिटल अनलाईन प्रविधि जडान भएको बताए । उनले यो सेवा मार्फत हुने सेवाप्रवाहमा थप पारदर्शीता आउने जनाए । उनले राज्य पूनसंरचनासंगै मालपोत कार्यालयले संकलन गर्ने सबै प्रकारको राजश्व स्थानीय तहकै खातामा जम्मा हुने भएकाले कार्यालय अब अभिलेखिकरण र कर संकलनको माध्यम मात्र भएको प्रष्ट्याए । अर्यालका अनुसार मुस्ताङको ३५ सय ६४ बर्गकिलो मिटर क्षेत्रफल मध्ये १ प्रतिशत जग्गाको मात्र नाप नक्सा भएको छ ।
मालपोत कार्यालय मुस्ताङको पहिलो अनलाईन सेवाको जिसस उपप्रमुख राजेन्द्र शेरचनले अनलाईन कम्प्यूटरको किबोर्ड थिचेर उद्घाटन गरे । उप्रप्रमुख शेरचनले प्रविधिको बिकास संगै स्थानीय सेवाग्राहीले सहज सुविधा प्राप्त गर्न सक्ने वातावरण बनेको बताए । मुस्ताङमा धेरै जग्गा बाझो भएको उल्लेख गर्दै उनले खेर गएका जमिनको प्रयोगमा सरकारले नया खालको नीति ल्याउनुपर्ने सुझाए ।कार्यक्रममा मुस्ताङका प्रजिअ गंगाबहादुर क्षेत्री र नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले मुस्ताङमा भईरहेका जग्गा संम्वन्धि चरम समस्याका बारेमा बोलेका थिए ।
मुस्ताङमा २०३२ सालमा धौलागरी अञ्चलमै पहिलो पटक जग्गा संम्वन्धि नापनक्सा भएको थियो । त्यस समय जग्गा नापनक्सा गर्ने बिषयमा स्थानीयमा अशिक्षा र अनमिनको गैरजिम्मेवारी पनाले मुस्ताङमा कतिपयले जग्गा नापीकार्य गर्न छ्ुटेका थिए । यहा स्थानीय मुखियाले अन्धाधुन्द बितरण गरेका जग्गाको पनि नापी हुन नसकेको कार्यक्रममा बताईएको थियो । स्थानीय तह गुठी संस्थाले भोगचलन गरेका कतिपय जग्गा जमिनको मालपोत कार्यालयमा आधिकारिक रुपमा दर्ता नभएकाले समस्या उब्जिएको कार्यालयले जनाएको छ । मालपोतमा जिल्लाकै १ प्रतिशत मात्र जग्गा दर्ता भईरहदा यस संम्वन्धिकार्य गर्न ७ जना कर्मचारी खटिएका हुन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया