करदाता नै पहिलो कर अधिकृत

समाधान संवाददाता
पोखरा
पोखरा चेम्बर अफ कमर्स कास्की र आन्तरिक राजस्व कार्यालय पोखराले शनिबार आर्थिक वर्ष २०७६÷०७७को बजेटले करमा भएका परिवर्तन तथा कर शिक्षा कार्यक्रम कार्यक्रम गरेका छन् ।
कास्कीका १२ वस्तुगत संघको सहकार्यमा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले गण्डकी प्रदेशले आफ्नो प्रदेशलाई चलाउन पुग्ने राजस्व संकलन गर्न नसकको बताए । गण्डकी प्रदेशको राजस्वको योगदान १२ अर्ब २३ करोड रहेको जानकारी दिँदै कार्यालय प्रमुख उप्रेतीले प्रदेशमा नेपाल सरकारको ३५ अर्ब बराबरको अनुदान आएको उल्लेख गरे ।
उप्रेतीले सरकारको ३ खम्बे अर्थ नीति अन्तर्गत निजी क्षेत्र पनि १ अंग भएकाले निजी क्षेत्र पनि नीति निर्माता भएको दाबी गरे । ‘नेपालमा स्वयंले कर निर्धारण प्रणाली छ,’ उनले भने, ‘त्यसैले करदाताहरु पहिलो कर अधिकृत हुन् ।’ नेपालको कर प्रशासन करदातामैत्री भएको दाबी गर्दै उनले नेपालको कर प्रणाली प्रगतिशील रहेको उल्लेख गरे । उनले नेपालमा करको दर दक्षिण एसियामै कम भएको दाबीसमेत गरे । राज्य चलाउन जनताले अनिवार्य कर तिर्न पर्ने उल्लेख गर्दै उनले जसले आम्दानी गर्छ उसैले कर तिर्न पर्ने धारणा राखे ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले कर प्रणाली प्राविधिक र जटिल विषय भएको बताए । सरकार करको दरभन्दा दायरा बढाउन नलागेको उल्लेख गर्दै अधिकारीले कर तिर्नेलाई थप थप व्ययभार लगाउन नहुने धारणा राखे । उनले प्रदेशको सदरमुकाममा केन्द्रित कर कार्यालयलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए ।
पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कमर्सका महासचिव उमराज बास्तोला, सल्लाहकार माइकल कर्माचार्य, कार्यक्रम संयोजक नवराज आचार्य लगायतले व्यवसायीलाई परेको करबारे बोलेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत उज्वल न्यौपानेले बजेटले करमा गरेको परिवर्तनको बारेमा सहजीकरण गरेका थिए । समारोहमा क्वालिटी मल्टी ट्रेनिङ सेन्टरका कृष्णराज पोखरेल र नारायण उपाध्यायले बिजनेस मोटिभेसनबारे सहजीकरण गरेका अध्यक्ष किसान सुनारले जानकारी दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया