८० जनाको भिआइए जाँच

समाधान संवाददाता, पोखरा
पोखरा १७ का ८० महिलाको शनिबार सित्तैमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने जाँच (भिआइए) गरिएको छ । नारी शक्ति जागरण आमा समूहले नेपाल नर्सिङ संघ कास्कीको सहयोगमा कार्यक्रम गरेको हो ।
गण्डकी अस्पतालका अस्पताल नर्सिङ निरीक्षकद्वय गीत ढकाल र पुष्पा महर्जनले भिआइए जाँच गरेका हुन् । ढकालले ३० देखि ६० वर्षमा महिलाले यो जाँच गराउनुपर्ने बताइन् । उनले भनिन्, ‘नेगेटिभ भए ढुक्क भो, पोजेटिभ आए त्यसको उपचार गरी हरेक वर्ष जाँच गराउनुपर्छ ।’ यो जाँचबाट पाठेघरको मुखमा १० वर्षपछि हुन सक्ने क्यान्सर पत्ता लागी समयमै उपचार हुने उनले बताइन् ।
आमा समूहका सल्लाहकार एवं पोखरा महानगरका कार्यपालिका सदस्य राधिका शाही योगीले सरसफाई र स्वास्थबारे सचेत बने धेरै रोगबाट बाच्न सकिने उल्लेख गरिन् । उनले भनिन्, ‘समस्या लुकाएर होइन, उपचार गरेर समाधान हुन्छ । सहरी स्वास्थ्य केन्द्रमा पनि धेरै थरीका औषधी सित्तैमा पाइन्छ ।’
समूहका अध्यक्ष शिशिर थापा गोदारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्यारी गुरुङ र राधादेवी लम्सालले पनि बोलेका थिए ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया