आइपुग्यो बेलिब्रिजः फिटिङ गर्न न्यूनतम १५ दिन लाग्ने

समाधान संवाददाता
पोखरा
पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा बेलिब्रिज (पुल) निर्माणका लागि आवश्यक सामग्री आइपुगेको छ । विजयपुरमा बनाइएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राख्न काम अघि बढाइएको हो । सडक डिभिजन पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज हालिने भएको छ ।
बर्खालाई ख्याल गर्दै कम्पनीले तदारुकताका साथ काम गरिरहेको सडक डिभिजनका इन्जिनियर आशिक रिजालले जानकारी । ‘४ टिप बेलिब्रिजको सामग्री ढुवानी भइसकेको छ,’ उनले भने, ‘सम्भवतः १ साता भित्रमा ढुवानीको काम सकिन्छ ।’ पूर्वको इटहरी सडक डिभिजन अन्तर्गत थन्किएको बेलिब्रिजका सामानहरु विजयपुरमा प्रयोगमा ल्याइएको इन्जिनियर रिजालले बताए ।
१६ टिप सामग्री इटहरीबाट पोखरा ल्याइन लागिएको हो । पुल फिटिङ गर्न न्यूनतम १५ दिन लाग्ने अनुमान गरिएको छ । ‘एबुटमेन्ट (पुल राख्ने बेसमेन्ट) उठाउने काम अन्तिम चरणमा छ । एक लियर ग्याबिन भोरेर पुल फिटिङको काम सुरु हुन्छ,’ उनले भने ।
बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो । सडक अन्तर्गत उक्त सामग्री भएकाले सयमसीमा भित्रमा नै विजयपुरमा ल्याई फिटिङ सकिने लक्ष्य छ । २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज निर्माण हुने छ । पुलको भारबहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ ।
बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा÷जेजे (जेभी)ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको इन्जिनियर रिजालले जानकारी दिए ।
विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ । सवारीको अत्यधिक चापका कारण बढेको जामले ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ । सर्वसाधारण लगायत यात्रुहरुलाई सहज आवागमनमा बाधा हुँदा दैनिक सास्ती भोग्नुपरेको सर्वसाधारणहरुको गुनासो छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया