अनेरास्ववियुद्वारा राष्ट्रिय विभूति पार्कमा वृक्षरोपण

समाधान संवाददाता
पोखरा महानगरपालिकाद्वारा निर्माणाधिन राष्ट्रिय विभूति पार्कमा वृक्षरोपण गरिएको छ ।
पोखरा १८, जामुनबोटस्थित उक्त पार्कमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु कास्की जिल्ला कमिटिले वृक्षरोपण गरेको हो ।
अनेरास्ववियुले साउनभित्र नेपालभर ५० लाख विरुवा रोप्ने अभियान अन्तर्गत पार्कमा २ सय विरुवा रोपिएको जिल्ला कमिटि कास्की अध्यक्ष विवेक देवकोटाले जानकारी दिए ।
सार्वजनिक जग्गा संरक्षणमा वृक्षरोपणको कामले सहयोग पुग्ने वडा १८ का अध्यक्ष रणबहादुर थापाले बताए । खाली जग्गा देख्नासाथ अतिक्रमण थालिहाल्ने विरुद्ध पनि वृक्षरोपण सार्थक हुने उनले विश्वास व्यक्त गरे ।
अनेरास्ववियु विद्यार्थी फाँट प्रमुख एवं नेकपा कास्की जिल्ला कमिटि सदस्य दीलिप न्यौपानेले संगठनले वातावरण सन्तुलन कायम राख्न विरुवा रोप्ने अभियान सञ्चालन गरेको सुनाए । अभियानले देशभरी नै वृक्षरोपण गर्नुपर्छ भन्ने सन्देश दिने हुँदा वातावरण संरक्षणमा एउटा पाइला अनेरास्ववियुले चालेको उनले बताए ।
निर्माणाधिन विभूति पार्कमा खाली रहेका ठाउँमा विरुवा आवश्यक देखिकाले पनि वृक्षरोपण गरिएको अनेरास्ववियु जिल्ला कमिटिका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
महानगरले पोखराका चोकमा रहेका शालिकहरु सहित राष्ट्रिय विभूति पार्क निर्माण गर्ने योजना अघि सारेको छ ।










कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया