नेचुङ भन्सारमा २० प्रतिशत राजस्व बढ्यो

समाधान संम्वाददाता
मुस्ताङ
कोरलापासमा भएको नेपाल–चीन अन्तरदेशीय व्यापार मेलामा चालु वर्ष १४ लाख ८५ हजार राजस्व संकलन भएको छ । चालु आव भदौको व्यापार मेलामा कुल ७ लाख ६० हजार ४ सय ७४ रुपैयाँ राजस्व उठेकोमा चालु आवको हालै भएको दोस्रो व्यापार मेलामा कुल ७ लाख २५ हजार ७ सय ५३ रुपैयाँ राजस्व संकलन भएको नेचुङ भन्सारका कार्यालय प्रमुख यादवराज पहाडीले जानकारी दिए ।
चालु वर्ष नेचुङ भन्सार कार्यालयले १२ लाख ५० हजार राजस्व उठाउने लक्ष्य राखेकोमा व्यापारिक ट्रान्जिसन सुस्ताए पनि राजस्वमा अपेक्षाकृत सुधार भएको भन्सार प्रमुख यादवले खुलाए । चालु वर्षको भन्सार लक्ष्यभन्दा २ लाख ३६ हजार २ सय राजस्व बढी उठेको भन्सार प्रमुख यादवले बताए । चालु वर्ष लक्ष्यभन्दा करिब २० प्रतिशत बढी राजस्व संकलन भएको छ ।
‘भन्सारमा लक्ष्यभन्दा बेसी प्रगति भयो,‘ भन्सार प्रमुख यादवले भने, ‘साविकको जस्तो व्यापारिक ट्रान्जिसन भएको भए राम्रो भन्सार प्रगति हुन्थ्यो ।’ व्यापार मेला गत असार ७ गते सुरु भई शनिबार सकिएको छ । राजस्व सुधारमा स्थानीय व्यापारी, स्थानीय जनप्रतिनिधि, इलाका प्रशासन र सीमा प्रहरीको साथ र सहयोगले सम्भव भएको भन्सार प्रमुख यादवले बताए ।
यसवर्षको दोस्रो अन्तरदेशीय व्यापार मेला साविकको जस्तो व्यापारिक ट्रान्जिसन नभएको भन्सारले जनाएको छ । चीनतर्फका ठूला कारोबार गर्ने व्यापारीलाई तिब्बतीयन व्यापारीले व्यापारमा रोक लगाएपछि व्यापार मेला सुस्त भएको छोसेरका स्थानीय छिरिङ फेन्जो गुरुङले बताए ।
यसअघि व्यापारिक मेला असार ७ गते सुरु गर्ने भनिए पनि चिनिया पक्षले १ दिन अगावै व्यापार मेला सञ्चालन गरेकाले नेपाली पक्षले ९ दिनमात्र मेलामा व्यापार गर्न पाए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया