फुटबल स्टेडियम निर्माणमा ढिलासुस्ती, असार भित्र आँधा काम पनि नसकिने

सुरेशराज अधिकारी
पोखरा रंगशालाको फुटबल स्टेडियम निर्माण कार्य ढिलासुस्ती हुन थालेको छ । असार भित्रै सक्छु भनेर ठेक्का लिएको ठेकेदारले अब असोजभित्र बनाइसक्छु भन्न थालेको छ । असार भित्रै सक्ने गरी सम्झौता भयो ।
असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गत फागुनको अन्तिम सातादेखि स्टेडियम निर्माण थालिएको थियो । चैत मसान्तसम्म स्टेडियम बनाउने ठाउँ सम्याउने र त्यसलगतै वरिपरि नाला बनाउन थालिएको थियो ।अहिले नाला बनाउने र खेलमैदानको बाहिर हिँड्ने बाटो बनाउने काम भइरहेकोे क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रमिश ताम्राकारले बताए ।
ताम्राकारले स्टेडियम बनाउन अझै ५ महिना लाग्नसक्ने बताए । उनले काम नरोकिएमा अबको ५ महिनापछि सम्पन्न हुने बताए । नाला बनाइसकेपछि मात्र प्यारापिट जडान गर्ने उनले बताए । ठेक्का पाएको कम्पनीले प्यारापिट निर्माणका लागि आवश्यकपर्ने सामान फ्रान्सबाट ल्याउने बताएको छ । तर अहिलेसम्म आइपुगेको छैन ।
गत माघदेखि नै माटो परीक्षण लगायत काम सुरु गरेको कम्पनीले असार मसान्तसम्म फुटबल स्टेडियम निर्माण पूरा गरी बुझाउने खेलकुद मन्त्रालयसँग सम्झौता गरेको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले गत फागुन २६ गते फुटबल स्टेडियमको शिलान्यास गरेका थिए । निमार्णाधीन फुटबल स्टेडियममा १८ हजार दर्शक अटाउने छन् । आवश्यक परे सोही स्टेडियममा क्षमता बढाउन सकिने छ ।
स्टेडियमका लागि विनियोजित रकम १ अर्ब २८ करोड २२ लाख रुपैयाँमध्ये पहिलो किस्ता बापत ५३ करोड रुपैयाँ निकासा सम्झौताको बेलामा भएको थियो । दोस्रो किस्ता ५ करोडभन्दा बढी निर्माण कम्पनीको खातामा साउनमा जानेछ । दोस्रो किस्ता निकासाका लागि अहिले तयारी भइरहेको क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया