दुर्घटना घटाउने प्रतिवद्धता

मोहसिन अली मियाँ
गोरखा
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वाजानिक सवारीलाई व्यवस्थित गर्न सुरु गरेको छ । आइतबारदेखि जिल्लाका सवारी चालक, सहचालक र सवारी धनीलाई १२ बुँदे प्रतिवद्धता गराउने अभियान थालिएको हो ।
ट्राफिक नियम पूर्ण पालना गराउने उद्देश्यले जिल्लामा सञ्चालित सबै सार्वजानिक सवारी साधनका सरोकारवालालाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गराइने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुकबहादुर विकले बताए । आइतबारदेखि सुरु भएको अभियान २ हप्तामा पूरा गर्ने लक्ष्य छ । त्यसपछि सवारी नियम उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने ट्राफिकको तयारी छ । ‘केही समय हामी उहाँहरुलाई मौका दिन्छौं’, ट्राफिक प्रमुख विकले भने, ‘आफैंले हस्ताक्षर गरेका कुरा पालना भएन भने जिप्रकाको सहयोगमा सार्वजनिक अपराधसम्मको केस लगाउँछौं ।’
प्रतिवद्धता पत्रमा मादक पदार्थ सेवन गरी सवारी नचालउने, सवारीको छत तथा ढालामा यात्रु नराख्ने, सवारी अनुमति पत्र प्राप्त नगरी सवारी नचलाउने र सवारी अनुमती पत्र नभएकालाई सवारी चलाउन नदिने लगायतका बुँदा उल्लेख गरिएको छ । चालक र सवारी धनीले ‘यात्रुलाई गन्तव्यसम्म पुर्याउने आफ्नो कर्तव्य रहेको र यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउन हामी मन्ञ्जुर छौं’ भनेर हस्ताक्षर गरेका थिए । अभियानका क्रममा २ हजारभन्दा बढी सवारी साधनलाई प्रतिवद्धता गराउने लक्ष्य छ ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया