गौरीशंकरलाई कास्कीको रनिङ सिल्ड उपाधि

समाधान संवाददाता
पोखरा
कास्की जिल्ला स्तरीय ११ औं राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिताको उपाधि पोखरा २५ स्थित गौरीशंकर माविले हात पारेको छ । प्रतियोगितामा गौरीशंकरले एथ्लेटिक्सतर्फ ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै उपाधि चुम्न सफल भएको हो । उपाधिसँंगै गौरीशंकरले नगद १२ हजार प्राप्त गरेको छ ।
टप्स मावि दोस्रो स्थानमा रहँदा एथ्लेटिक्सतर्फ ७ स्वर्ण, ५ रजतसहित नगद १२ हजार प्राप्त गर्यो ।
कुमुदिनी होम्सले एथ्लेटिक्समा ३ स्वर्ण हात पार्दै ओभरअल तेश्रो स्थानमा रह्यो । कुमुदिनीले नगद ९ हजार प्राप्त गरेको कास्की जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । रनिङ सिल्ड प्रतियोगितामा कास्कीका ४ गाउँपालिका र पोखरा महानगरपालिकाबाट छनोट भएका खेलाडीलाई मात्र सहभागी गराइएको बरालले बताए ।
प्रतियोगितामा छात्रतर्फ कुमुदिनी होम्सका सागर नेपालीले ट्रयाक एन्ड फिल्डतर्फ व्यक्तिगत ३ स्वर्ण जित्दै उत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरियो । छात्रातर्फ ट्रयाक एन्ड फिल्डतर्फ नै ५ स्वर्णसहित गौरीशंकर माविकी अनीषा भण्डारीले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरिन् ।
विजयी विद्यालय र खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुदका कोषाध्यक्ष दीपकबहादुर गोदार, क्षेत्रीय खेलकुदका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, टप्स माविका संस्थापक रत्नमान गुरुङ, युवा नेता शिव अधिकारीले नगद, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा लगभग ४ सय खेलाडी सहभागी थिए । २ दिनसम्म चलेको प्रतियोगितामा एथ्लेटिक्स, तेक्वान्दो, उस्सु, कराँते र टिम गेमतर्फ भलिबल तथा कबड्डी समावेश गरिएको कार्यालय प्रमुख बरालले बताए । रुपा र मादी गाउँपालिकाकाबाट महिला भलिबलमा सहभागी थिए । ४ गाउँपालिका र महानगरपालिकाका पहिलो र दोस्रो हुने खेलाडी तथा टिमलाई मात्र प्रतियोगितामा सहभागी गराइएको थियो ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया