मुस्ताङी राजाको सम्झनामा खेलकुद

समाधान संवाददाता
लोमान्थाङ
उपल्लो मुस्ताङका २५ औं राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतिमा उपल्लो मुस्ताङको चराङ गाउँमा खेलकुद प्रतियोगिता भएको छ । प्रथम लो ग्याल्पो झिग्मे स्मृति कप सेभेन ए साइड फुटबल तथा भलिवल प्रतियोगिता २०७६ बुधबार सुरु भएको छ । मुस्ताङी राजाको स्मरणसँगै युवालाई खेलको माध्यमबाट एकीकृत बनाउने उद्देश्यले लोघेकर युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
साउन १ गतेसम्म सञ्चालन हुने प्रथम लो ग्याल्पो झिग्मे स्मृति कपको उद्घाटन गर्दै मुस्ताङका पूर्वराजकुमार झिक्पेन प्रवल विष्टले मुस्ताङको राजाको इतिहासमा जहिले पनि जनताहरुलाई एकीकृत बनाउने गरेको स्मरण गरे । त्यही इतिहासलाई निरन्तरता दिनका लोघेकर दामोदर कुण्ड गाउँपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै आफू पनि आफ्नो बाबुबाजेको इतिहासलाई मेटिन नदिने गरी सामाजिक काममार्फत अगाडि बढ्ने उनले बताए ।
प्रतिनिधि सभा सदस्य प्रेम तुलाचनले समेत मुस्ताङको राजाको इतिहास सबै जनतालाई एक ठाउँमा भेला गरी सहयोग पुर्याउने नै रहेको स्मरण गरे । राजा शासन हटिसक्दा पनि पुरानै संस्कार उपल्लो मुस्ताङमा रहेको उनले सुनाए । जनताहरुको सामूहिक एकता र विकास नै अहिलेको आवश्यता भएको उनको भनाइ थियो ।
गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले मुस्ताङी राजाको इतिहासलाई स्मरण गरी उपल्लो मुस्ताङमा खेलकुदको कार्यक्रम आयोजना गर्नु खुसीको कुरा भएको विचार व्यक्त गरे । ‘मुस्ताङी राजाको इतिहास नै उपल्लो मुस्ताङको पर्यटकीय महत्व हो,’ उनले भने । गण्डकी प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले समग्र मुस्ताङको विकासका लागि उपल्लो मुस्ताङमा खेलकुद जस्तै अन्य गतिविधि सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।
जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले आफू जन्मेको ठाउँमा मुस्ताङको इतिहास बोकेको राजाको स्मृतिमा खेलकुद कार्यक्रम गरेकोमा खुसी व्यक्त गरिन् । लो ग्याल्पो झिग्मे स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा उपल्लो मुस्ताङ लो सात क्षेत्रका ११ टिमको सहभागिता रहेको लो घेकर युवा क्लबका अध्यक्ष टासी छ्योसाङ गुरुङले जानकारी दिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया