रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु
समाधान संवाददाता
२०७६ असार २७ गते १४:०२

रासस, काठमाडाैं
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार ट्रकमा ठोक्किँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको हो ।
कार गए राति ११:३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाएको थियो ।
पौडेलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सोही कारमा सवार बुटवल उपमहानगरपालिका ४ का ३१ वर्षीय सुरेश पोखरेल घाइते भएका छन् । घाइते पोखरेलको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालकसहित ट्रक र कार इलाका प्रहरी कार्यालय सुनवलले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया