नामासुङ-समजुङ मोटरबाटो सम्पन्न, सांसद विष्टद्वारा उद्घाटन

समाधान संवाददाता
जोमसोम
मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रमा नामासुङ—समजुङ मोटर बाटो सोमबारबाट निर्माण कार्य सम्पन्न भएको छ । मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बाटो उद्घाटन गरे ।
विष्टले उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए । उपल्लो मुस्ताङका गाउँ गाउँमा मोटर बाटो पुर्याउने सरकारको लक्ष्य पूरा भएको सांसद विष्टले बताए । उनले प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोड्ने धेय—ताङग्या पक्की पुलका लागि १ करोड विनियोजन भएको सुनाए ।
मोटर बाटोका लागि गण्डकी प्रदेशको ५० लाख र लोमन्थाङ गाउँपालिकाको २० लाख गरी ७० लाख बजेट छ । २ सरकारको साझेदारी कार्यक्रम अन्तर्गत छोसेर २ को नामासुङदेखि समजुङ जोड्ने ११ किलोमिटर कच्ची मोटर बाटो निर्माण गरिएको हो । यसअघि स्थानीयलाई गाउँ पुग्न घन्टौं हिँड्नुपथ्र्यो ।
उपल्लो मुस्ताङको लोमान्थाङ अन्तर्गत साविकका ३ गाविस र लोघेकका साविक ३ गाविसका सबै गाउँ सडक सञ्जालमा जोडिएका छन् । मोटर बाटो विस्तारले त्यहाँ खेर गएको रातो माटोलाई घरेलु कामका लागि उपयोगमा ल्याउन सकिनेछ । त्यसो त उत्तरी कोरला नाकासम्म सरकारले राष्ट्रिय गौरबको सडक आयोजना विस्तार गर्दै छ ।
१ वर्षअघि सीमावर्ती गाउँमा विद्युत, सञ्चार र यातायातको सुविधा थिएन । त्यहाँ हालै हाइब्रिड सौर्य ऊर्जा प्रणालीबाट विद्युत उत्पादन, नेपाल टेलिकमले जिएसएम टावर स्थापना गरिएको छ । स्थानीय रिचुङ गुरुङले अब सीमावर्ती क्षेत्रका बासिन्दाका दुखका दिन समाप्त भई सुनौला दिन सुरुआत भएको बताइन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया