तनहुँ दूध र मासुमा आत्मनिर्भर

कृष्ण न्यौपाने
दमौली
तनहुँ जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । जिल्लामा वार्षिक २९ हजार ४ सय १९ मेट्रिक टन दूधको माग रहेकोमा ४९ हजार ५ सय ४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार तनहुँमा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । बढि भएको दूध जिल्ला बाहिर निर्यात हुने गरेको तथ्यांकले देखाएको छ । विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्ष ०७५÷७६ मा मा जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा ४८ हजार ३ सय ३५ मेट्रिक टन दूध उत्पादन भएको थियो । उनले भने, ‘तनहुँमा प्रति व्यक्ति वार्षिक ९१ लिटर दूध चाहिने भएपनि पर्ने भएपनि १ सय ५२ लिटर दूध उपलब्ध भइरहेको छ ।’
डा. श्रेष्ठका अनुसार तनहँुमा सबैभन्दा बढी दूध भैंसीको छ । ‘जिल्लामा १ लाख ४० हजार २ सय ६ भैसी, ९६ हजार ४ सय ४१ गाईपालन गरिएको छ,’ उनले भने, ‘गाई भन्दा भंैसीपालन बढी भएकोले दूध पनि भैंसीको बढी भएको हो ।’
तनहँु मासुमा पनि आत्मनिर्भर जिल्ला बनेको छ । वार्षिक ४ हजार५ सय २६ मेट्रिक टन मासुको माग रहेको तनहुँमा ४ हजार ५ सय ५८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालय प्रमुख डा. श्रेष्ठले बताए ।
जिल्लामा राँगो÷भैसीबाट २ हजार ९ सय, खसी÷बोकाबाट ९ सय, भेडाबाट ४, सुंगुर÷बंगुरबाट ३ सय, कुखुराबाट २ सय र हाँसबाट १ मेट्रिक टन मासु उत्पादन भएको छ । तनहुँमा १ सय ७२ गाई फार्म, ४९ वटा भैसी, २ सय ८६ वटा बाख्रा, ९६ वटा बंगुर र २ सय ३६ वटा कुखुरा फार्म दर्ता भएर सञ्चालमा छन् । युवालाई पशुपालनमा आकर्षित गराउने अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्ने लगायत काम भइरहेको डा. श्रेष्ठले जानकारी दिए ।
दूध र मासुमा आत्मनिर्भर हुँदा भने तनहुँ अण्डामा आत्मनिर्भर हुन सकेको छैन । १ करोड ७१ लाख ३४ हजार गोटा अण्डाको माग रहेकोमा १ करोड ५२ लाख ५७ हजार गोटा मात्रै अण्डा उत्पादन भइरहेको कार्यालयले जनाएको छ । प्रति व्यक्ति वार्षिक १४ केजी मासु आवश्यक भए पनि १४ किलो र ५३ गोटा अण्डा आवश्यक भए पनि ४७ गोटा मात्रै अण्डा उपलब्ध छ ।









सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया