नेपालमै बन्दैछ ‘पानीजहाज’

समाधान संवाददाता
चितवन
चितवनका युवा मिलेर ‘रिभर क्रुजसिप’ अर्थात् पानीजहाज बनाइरहेका छन् । राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा ६ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ ।
उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन् । ‘म युरोपमा भएको बेला स्वीडनबाट फिनल्यान्डसम्म क्रुजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो,’ कँडेलले भने । त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए ।
नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको कँडेलको दाबी छ । त्यसका लागि सिंगापुर, मलेसिया, चीन, जर्मनी र भारतका क्रुज नर्माता कम्पनीमा गएर अवलोकन गरिएको उनले बताए । नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन १ वर्षसम्म गरेका थिए ।
पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ । भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ ।
पर्यटन वर्ष सन् २०२० लाई लक्ष्य गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्याउने योजनाकारको अपेक्षा छ । चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए ।
कँडेलले भने, ‘नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो ।’ २ महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट–गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको छ । नारायणी र राप्ती नदीको दोभानमा रहेको गोलाघाट चितवन र नवलपरासी जिल्लाको सीमामा छ ।
१ सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा २ तले हुनेछ र त्यसमा २ सय जना अट्छन् । पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने छ । पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घन्टा लाग्नेछ । पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया