मुस्ताङको महत्व अझै बुझिएकै छैनः श्रीमाया थकाली

समाधान संवाददाता
पोखरा
नेकपा मुस्ताङ इन्चार्च श्रीमाया थकालीले हिमाल पारीको अनुपम र विषेश भूगोल भएको मुस्ताङको महत्व अझै देशले बुझिनसकेको बताएकी छन् । नाकाबन्दीका बेला यहाँ रहेको कोराला नाकाको महत्व केही हदमा केन्द्र सरकारले बुझेको उनको भनाइ छ । मुस्ताङलाई पर्यटनको हब बनाउन र कोराला नाका चाडै सञ्चालन गर्न सघाउने उनले प्रतिवद्धता गरिन् ।
आइतबारको नेकपा सचिवालय बैठकले थकालीलाई मुस्ताङ इन्चार्जको जिम्मेवारी दिएको हो । यहाँ सहइन्चार्ज भने छानिएको छैन । उनी साबिक एमालेबाट इन्चार्ज बनेकी हुन् । इन्चार्ज थकाली आफूले भावनात्मक एकता कायम गर्ने गरी काम गर्ने बताइन् । उनले भनिन्, ‘सबैलाई समेटेर अभिभावकीय भूमिका निर्वाह गर्छु । मुस्ताङको विकास र समृद्धिका लागि मिलेर पहल गर्छाैं ।’
विभिन्न कालखण्डमा पार्टीमा भूमिका निर्वाह गरेकाले आफ्नो नेतृत्व जायज भएको उनको तर्क छ । थकालीले थपिन्, ‘पार्टीले मलाई इन्चार्ज बनायो । यो न्यायोचित, सान्दिर्भक र आवश्यक पनि थियो ।’ मुस्ताङको फरक भूगोल र मौसमका कारण यहाँको विकास र समृद्धिका लागि फरक खालको योजना र दृष्टिकोण आवश्यक पर्ने उनको ठम्याइ छ ।
अन्तरिम व्यवस्थापिका, त्यसअघि संसद र विभिन्न फोरमबाट कोराला नाका खोल्न पहल गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यहाँको विकास लागि मोटरबाटो अत्यावश्यक छ भनेर माग गरियो । कोराला नाका खोल्नुपर्छ भनेर माग गरियो ।’ संघीय र प्रदेश सरकारले बजेट छुट्याएर सडक र नाका खोल्ने पहल गरे पनि त्यो निकै सुस्त रहेको उनको भनाइ छ । विकट भूगोल, विषम प्रकारको हावापानीका कारण बेनी जोमसोम कोरला सडकको स्तरोन्नति सुस्त छ । थकालीले थपिन्, ‘केन्द्रले अहिले मुस्ताङ र कोराला नाकाको महत्व बुझेको छ तर यतिमात्र पर्याप्त छैन ।’
थकाली कम्युनिस्ट पार्टी मुस्ताङकी सांस्थापक सदस्य हुन् । उनी २०४४ सालतिर क्रान्तिकारी बुद्धिजीवी समितिमार्फत उनी पार्टीमा आवद्ध भएकी थिइन् । पछि उनी जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव हुँदै धौलागिरी अञ्चल इन्चार्जसम्म भइन् । आफू देशभरिमै महिलाबाट पहिलो जिल्ला सचिव बनेको उनको भनाइ छ ।
२०५८ मा राष्ट्रिय सभा सदस्य बनेकी उनी आठौं महधिवेशनबाट नेकपा एमालेको केन्द्रीय सदस्य र वैकल्पिक पोलिटब्युरो सदस्य बनिन् । नवौं महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित उनी साबिक एमाले र माओवादी एकतापछि पार्टीको केन्द्रीय सदस्य छिन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया