एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई १ लाख

एसइईमा पालुंटार नगरभित्र उत्कृष्ट हुने अञ्जली परियारलाई नगद १ लाखसहित सम्मान गर्दै नगर प्रमुख दीपकबाबु कँडेल, उपप्रमुख पम्फा बसेल
तस्बिरः समाधान
समाधान संवाददाता
गोरखा
पालुङ्टार नगरपालिकाले आफ्नो पालिकाभित्रबाट एसइई परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । २०७५ को एसइई परीक्षामा नगरपालिकाभित्रबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी अञ्जली परियारलाई १ कार्यक्रमबीच प्रमाणपत्रसहित नगद १ लाखबाट पुरस्कृत गरिएको हो । परियारले भवानी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा ३ दशमलव ८५ जिपिए प्राप्त गरेकी थिइन् ।
उत्कउष्ट नतिजा ल्याएकी तर आर्थिक अवस्था कमजोर भएकी परियारलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले सम्मान गरिएको नगरप्रमुख दीपकबाबु कँडेलले बताए । ‘दलित विद्यार्थीको शैक्षिकस्तर उकास्न हाम्रो कार्यक्रम नै छ, यो वर्ष दलित विद्यार्थीले नै नगर टप गर्नुभयो’ कँडेलले भने, ‘त्यै कार्यक्रम अन्तर्गत अञ्जली बहिनीलाई नगदसहित सम्मान गरेका हौं ।’ अघिल्लो वर्षदेखि नै नगरपालिकाले एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्न सुरुआत गरेको थियो ।
यसैगरी नगरपालिकाको कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा कार्यालयका लेखा अधिकृत सुवास अधिकारी, कर्मचारी कृष्णकला अधिकारी र कार्यालय सहयोगी सुमन अधिकारी छन् । उनीहरुलाई सम्मानपत्रसहित जनही २० हजार नगद प्रदान गरिएको छ ।
उत्कृष्ट विद्यालय र शिक्षकलाई समेत पुरस्कृत गर्ने कार्यक्रम अघि सारिएको नगर प्रमुख कँडेलले बताए । तर उक्त सम्मान शिक्षा दिवसका अवसरका गरिने उनको भनाइ छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया