एक्यापद्वारा थकाली होमस्टेलाई १३ थान बोर्ड वितरण

एसके थकाली
जोमसोम
मुस्ताङको घरपझोङ गाउपालिका ५ को ठिनी थकाली होमस्टेलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मुस्ताङले १३ थान होम स्टे बोर्ड वितरण गरेको छ । एक्याप प्रमुख तुलसी दाहालले बुधबार ती सामग्री थकाली संग्रहालय र होमस्टे घरधुरीलाई वितरण गरेका हुन् ।
होमस्टे बोर्डमा थकाली सामुदायिक होमस्टे, घरधुरीको नाम, ठेगाना खुलाएको छ । यी सामग्री करिब ५० हजारका हुन् । एक्याप प्रमुख दाहालले होमस्टे प्रर्वद्धनका लागि सामग्री वितरण गरिएको बताए ।
ठिनी थकाली होमस्टे जनमुक्ति युवा क्लबको पहलमा २०७४ सालदेखि सञ्चालनमा छ । सदरमुकाम नजिकै भए पनि फाइदा लिन नसकेका ठिनीका महिलालाई जीविकोपार्जनको स्रोत निर्माण गर्न होमस्टे सफल भएको क्लबका अध्यक्ष नरेन्द्र थकालीले बताए । सुरुवाती चरणमा ५ घरमा रहेको होमस्टे अहिले १२ घरमा छ ।
हाल होमस्टे स्थानीय तहमा दर्ता भई प्रदेशले समेत सूचीकृत गरेको छ । होमस्टेका लागि प्रदेशको अनुदान १० लाखले ठिनी होमस्टे गेटसमेत निर्माण भएको छ । डिभिजन वनले होमस्टे सांस्कृतिक टोलीका लागि करिब १ लाखका थकाली ड्रेस सौजन्य गरेको सचिव जुमा थकालीले जानकारी दिइन् । मुस्ताङ घुम्न आउने पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आउने तीर्थालु १० मिनेटमै ठिनी थकाली होमस्टेमा पुग्न सक्छन् ।









सम्पादकीय—सडक स्तरोन्नतिमा म्याद थपको शृंखला
फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया