जन्मस्थानमा भीमसेन थापाको सम्झना

मोहसिन अलि मियाँ
गोरखा
राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्ती गोरखा नगरपालिका ४ को पिपलथोकमा मनाइएको छ । भीमसेन पार्कमा कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइएको हो । गोरखा ४ को आयोजनामा भएको कार्यक्रममा अधिकांश वक्ताले थापाले पुर्याएको योगदानको कदर हुन नसकेका गुनासो गरे । ‘साच्चै उहाँलाई हामीले सम्मान दिन सकेका छैनांै, कदर गर्न सकेका छैनौ,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘भीमसेन थापाको त्याग र योगदानको गोरखाले न्याय गर्न सकेन ।’
ऐतिहासिक धरोहरको संरक्षण गर्न अब चुक्न नहुने धारणा राख्दै उनले भीमसेनको जन्मस्थान पीपलथोकलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जानकारी गराए । गत वर्ष ५० लाख विनियोजन गरेको कार्यालयले आव २०७६÷७७ मा रानीवन – पाटेचौरबाट गोरखा दरबार हुँदै भीमसेन पार्कसम्म पदमार्ग बनाउन १ करोड ५० लाख छुट्याएको जनाएको छ । नगरपालिकाले गोरखा दरबारलाई केन्द्रबिन्दुमा राखेर नगरभित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रलाई टुरिजम हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भीमसेन थापा गोरखाका मात्रै नभई सिंगो देशकै सम्पत्ति भएकाले इतिहास बचाइराख्नुपर्नेमा जोड दिए । गोरखा ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापा, गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी, गोरखा ४ का वडासदस्य जमिल मियाँ लगायतले बोलेका थिए । थापाको जन्मजयन्तीमा भीमसेन थापा गाउँपालिकाले बिहीबार सार्वजानिक बिदासमेत दिएको थियो ।
विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्ती गोरखा नगरपालिका ४ को पिपलथोकमा मनाइएको छ । भीमसेन पार्कमा कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइएको हो । गोरखा ४ को आयोजनामा भएको कार्यक्रममा अधिकांश वक्ताले थापाले पुर्याएको योगदानको कदर हुन नसकेका गुनासो गरे । ‘साच्चै उहाँलाई हामीले सम्मान दिन सकेका छैनाैं, कदर गर्न सकेका छैनौ,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘भीमसेन थापाको त्याग र योगदानको गोरखाले न्याय गर्न सकेन ।’
ऐतिहासिक धरोहरको संरक्षण गर्न अब चुक्न नहुने धारणा राख्दै उनले भीमसेनको जन्मस्थान पीपलथोकलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जानकारी गराए । गत वर्ष ५० लाख विनियोजन गरेको कार्यालयले आव २०७६÷७७ मा रानीवन – पाटेचौरबाट गोरखा दरबार हुँदै भीमसेन पार्कसम्म पदमार्ग बनाउन १ करोड ५० लाख छुट्याएको जनाएको छ । नगरपालिकाले गोरखा दरबारलाई केन्द्रबिन्दुमा राखेर नगरभित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रलाई टुरिजम हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भीमसेन थापा गोरखाका मात्रै नभई सिंगो देशकै सम्पत्ति भएकाले इतिहास बचाइराख्नुपर्नेमा जोड दिए । गोरखा ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापा, गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी, गोरखा ४ का वडासदस्य जमिल मियाँ लगायतले बोलेका थिए । थापाको जन्मजयन्तीमा भीमसेन थापा गाउँपालिकाले बिहीबार सार्वजानिक बिदासमेत दिएको थियो ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया